
कृष्ण सिंह, सर्लाही । २०७८ पौष ०७, बुधवार
नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु सर्लाही क्याम्पस मलंगवाको क्याम्पस सम्मेलन सम्पन्न भएको छ।
सर्लाही क्याम्पसकाे हलमा अनेरास्ववियु सर्लाही क्याम्पसकाे दोस्रो सम्मेलनको प्रमुख अतिथी, विशिष्ठ अतिथि र पूर्व कमिटि स.सचिव लगायत सम्पूर्ण विद्यार्थीहरुको उपस्थित रहेको थियोे ।
प्रमुख अतिथीको रूपमा अनेरास्ववियू सर्लाही क्याम्पस कमिटीको अध्यक्ष धर्मेन्द यादव सहित अनेरास्ववियु स्थाइ कमिटि सदस्य उज्ज्वल कार्की,
अनेरास्ववियू प्रदेश कमिटि अध्यक्ष अञ्जना शिवाकोटी, अनेरास्ववियू जिल्ला कमिटी अध्यक्ष शमीम बाबु खान, अनेरास्ववियू जिल्ला कमिटी उपाध्यक्ष प्रज्वल ढुंगाना, उपाध्यक्ष शुवास यादव सचिव अभीषेक झा, स. सचिव चन्दन यादव, कोषाध्यक्ष मनिशा झा लगायत ५१ सदस्य सहित २०५ जना विद्यार्थीहरु काे उपस्थितिमा कमिटि अधिवेशन सम्पन्न भएको हो । उक्त जानकारी सर्लाही क्याम्पसका इन्चार्ज सोरज चौधरीले जनाएका छन् ।