
लेकबेसी लाेहरुङ्, सङ्खुवासभा । २०७८ पौष ०५ , सोमबार
किराँतहरुको महान चाड उधौली पर्व धान्य नपुर्णिमाको अवसर पारेर सङ्खुवासभाकाे पाङ्मामा आयोजना गरिएको पाँचौं पाङ्मा कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधी दानावारी क्लबले जितेको हो । “स्वास्थ्यको लागि खेलकुद राष्ट्रकाे लागि खेलकुद” पाङ्मालाई खेलकुद पर्यटन क्षेत्रको रूपमा स्थापित गरौं भन्ने मुल मर्म र नाराका साथ यो प्रतियोगिता सङ्खुवासभाको भगीवन्त रङ्गशालामा सम्पन्न भएको हो।

फाइनलमा आयोजक पाङ्मालाई ३-० ले टाईब्रेकरमा हराउदै दानावारी कल्ब विजेता बन्यो । निर्धारित समयमा दुबै टिमबाट १-१ गोलको बराबरीमा खेल टुंगिए पछी टाईब्रेकरको माध्यमबाट नतिजा निक्लेको थियो । पौष ०१ गतेदेखि संचालित यो प्रतियोगितामा कुल २० टिम सहभागिता रहेको थियो । फाइनल विजेता दानावारीले उपाधी संगै मेडल, प्रमाणपत्र र पुरस्कार बापत रु १ लाख १५ हजारको धनराशि प्राप्त गरेको हो । यसैगरी उपविजेता खाँदबारी नगरपालिका वडा नं-४ पाङ्मा क्लबले मेडल, प्रमाणपत्र र पुरस्कार बापत रु ५० हजारको धनराशि प्राप्त गरेको हो । भगीवन्त रङ्गशाला खाँदबारीमा सम्पन्न प्रतियोगिताको आयोजना लोहरुङ क्लबले गरेको थियोे ।

कार्यक्रममा स्वागत मन्तव्य वडा अध्यक्ष सजित राईले व्यक्त गरेका थिए भने कार्यक्रमका संचालन क्लबका सचिब क्षत्रमणी काफ्लेले गरेका थिए । कार्यक्रमका सभाअध्यक्ष राजकुमार राईले गरे भने प्रमुख अतिथिको रूपमा सांसद पूर्णप्रसाद राई, विशिष्ट अतिथिको रूपमा खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडा, साहित्यकार ताराबहादुर बुढाथोकी, गायक/सङ्गीतकार सुमन लाेहरुङ, गजलकार सुन्दरी घिमिरे खतिवडा, हिमालय माविका प्रअ वीरबहादुर राई, समाजसेवीद्वय नरजीत राई र नवीन राईको उपस्थिति रहेको थियो । साथै जिससका उपप्रमुख अम्बिका भुजेल, प्रजिअ नूरहरि खतिवडा, भोजपुर षडानन्द नपाका उपमेयर मेरिका राई, अतिथिहरु जीतबहादुर घिमिरे, खड्ग राई, भविश्र्वर गुरुङ, राजेन्द्र थापा, नारायण कटुवाल, उमङ्ग लामा, शेरबहादुर वन तथा भगीवन्त रङ्गशालाका जग्गा दाता परिवार वीरेश राई, रामकृष्ण राई र राजेन्द्र राईको विशेष उपस्थिति रहेको थियो ।

