
मुलुक डेस्क, काठमाडौं । २०७८ पौष ०१, बिहीवार
उपसभापतिका पाँच जना उम्मेदवारलाई पराजित गर्दै खड्का र गुरुङ उपसभापति बनेका हुन्। कांग्रेसमा पहिलो पटक उपसभापति पनि निर्वाचित हुने व्यवस्था गरिएको हो।
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट पूर्णबहादुर खड्का र धनराज गुरुङ उपसभापतिमा निर्वाचित भएका छन्। गुरुङ निकटतम प्रतिद्वन्दी विजयकुमार गच्छदारभन्दा २ मत बढी ल्याएर उपसभापति बनेका हुन्। खड्का सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा टिमका हुन् भने गुरुङ सभापतिमा पराजित डा. शेखर कोइराला टिमका हुन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये उपसभापतिमा ४६७९ जनाले मतदान गरेका थिए। सभापतिमा बुधबार बिहान शेरबहादुर देउवा विजयी भइसकेका छन्। अब महामन्त्रीको बिहीबार बिहान मत गणना हुने निर्वाचन समितिले जनाएको छ ।