मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर २९, बुधवार

पाँचौंपटक प्रधानमन्त्री रहेका देउवा दोस्रो कार्यकालका लागि कांग्रेसको सभापतिमा निर्वाचित भएका छन्। मतदान अधिकृत सुनिल पाण्डेका अनुसार कुल ४६ सय २३ मत खसेकोमा २७३३ मत देउवा पाए भने कोइरालाले १८५५ पाए । ३५ मत बदर भयो । तर निर्वाचन समितिले अन्तिम आधिकारिक मत घोषणा गर्न बाँकी छ ।

शुक्रबारदेखि काठमाडौंमा जारी कांग्रेसको १४ औँ महाधिवेशनले देउवालाई सभापतिमा निर्वाचित गरेको हो।यसपटक सभापतिका लागि देउवा र कोइरालासहित प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए। तर, पहिलो चरणको मतदानमा कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि पाँचमध्ये सबैभन्दा धेरै मत प्राप्त गर्ने देउवा र कोइरालाकबीच मंगलबार दोस्रो चरणको मतदान भएको थियो।

१३ औं महाधिवेशनमा पनि दोस्रो चरणको मतदानबाटै नतिजा आफ्नो पक्षमा पारेका देउवाले यसपटक दोस्रो चरणको मतदानबाटै नेतृत्व आफ्नो पक्षमा पारेका हुन्।

पहिलो चरणको निर्वाचनमा देउवाले २२५८, कोइरालाले १७०२, सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत प्राप्त गरेका छन्। पहिलो चरणमा ४ हजार ६ सय ७९ मत खसेको थियो । महाधिवेशनमा देशभरका ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिहरू सहभागी भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *