मुलुक डेस्क | २०७८ मंसिर २७ गते सोमबार

राष्ट्रिय मानवअधिकार आयोगका सदस्यमिहिर ठाकुरले हरेक नागरिकको मानवअधिकार प्रत्याभूतिका लागि राजनीतिक प्रतिबद्धता जरुरी रहेको बताए ।


७३औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं. २ र तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सोमबार तिलाठीमा आयोजित पाँचौ राष्ट्रिय कार्य योजना छलफल कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताए ।


समाजमा विद्यमान असमानता हटाउन सयौं बर्ष देखि प्रयास भईरहेको बताउँदै उहाँले असमानता हटाउन सबै तहको सरकारले कार्य योजनालाई प्रभावकारी रुपमाकार्यान्वयनगर्नुपर्ने आवश्यकतामाथिजोड दिए ।


तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले आफूहरु जनताको मानवअधिकारको प्रत्याभूतिकालागि हरक्षण प्रयासरत रहेको बताए ।


तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष सुचिताकुमारी यादव, वडा अध्यक्ष खगेन्द्र मण्डल लगायतकाले मन्तब्य ब्यक्त गरे ।
सोही कार्यक्रममा गाउँपालिका अध्यक्ष सिंहको अध्यक्षतामा मानव अधिकार राष्ट्रिय कार्ययोजना स्थानीय समन्वय समिति गठन गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *