मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर २७, सोमवार

नेपाली कांग्रेसले १४औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। निर्वाचन समितिले प्रकाशन गरेको नामावलीअनुसार सभापतिमा ५, दुई उपसभापतिका लागि ७, दुई महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाले उम्मेदवारी दिएका छन्। निर्वाचन समितिका अनुसार विभिन्न पदमा उम्मेदवारी दिएका ५७ जनाले मनोनयन फिर्ता लिएका छन्।

निर्वाचन समितिले तोकेको समयभित्र सभापति पदमा उम्मेदवारी दिएका गोरखाका युवराज न्यौपाने र सहमहामन्त्रीमा उम्‍मेदवारी दिएका सुरेन्द्र चौधरीले उम्मेदवारी फिर्ता लिएका छन्।

नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *