मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर २२, बुधवार

काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला स्थानमा नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रका लागि २५० जना बस्न मिल्ने थ्रिडी मञ्च बनाइँदै छ। मञ्च व्यवस्थापन समितिका अनुसार मञ्चमा मात्रै करिब २५ लाख रुपैयाँ खर्च हुनेछ ।

आगामी शुक्रबारदेखि काठमाडौंकाे भृकुटीमण्डपमा हुने कांग्रेसको १४औं महाधिवेशनका लागि प्रचारप्रसार र मञ्च व्यवस्थापनको काम सुरु भएको
पार्टीको प्रचार विभाग प्रमुख एवम् प्रवक्ता विश्वप्रकाश शर्माले जनाए । महाधिवेशनमा काठमाडौंमा करिब १० हजार पार्टीका झन्डा फहराइने कांग्रेसले जनाएको छ ।

कांग्रेसका काठमाडौंका सचिव गोविन्द पुडासैनीका अनुसार करिब ८० मिटर लम्बाइ र ४० मिटर चौडाइ रहेको मञ्च बनाइनेछ ।

भर्खरै सम्पन्न एमालेको दसौं महाधिवेशनको उद्घाटनका लागि ५० लाख रुपैयाँको लागतमा चितवनको नारायणी नदी किनारमा भव्य मञ्च बनाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *