मुलुक डेस्क, जनकपुरधाम । २०७८ मंषिर ०६, सोमवार

क्लोथ बैंक नेपाल र नेपाल भारत खुल्ला सीमा सम्वाद समुहको संयुक्त आयोजनामा धनुषा विदेह नगरपालिकाको गोवराही टोलमा आयोजना गरिएको निशुल्क आंखा शिवीर सम्पन्न भएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालका केन्द्रिय नेता समेत रहेका राजीव झाको अगुवाईमा भएको निशुल्क आखा शिविरमा १५० जना विरामीको चेक जाच भएको छ जसमध्ये ६२ जनामा मोतियाविन्दु फेला परेको छ ।

गोवराही टोलमा ३ बजे सम्म चलेको निशुल्क शिवीरमा फेला परेका मोतियाविन्दुका विरामीहरुलाई मंगलवार विहान ७ बजे जानकी आखा अस्पतालले व्यवस्थापन गरेको गाडीमा अस्पताल लगि नि:शुल्क अपरेशन,औषधी र चश्मा प्रदान गरिने वताइएको छ । विरामीहरुको चेकजांच प्रदेश नं २ कै प्रसिद्ध जानकी आखां अस्पतालका नेत्र विशेषज्ञ प्रदिप यादवको नेतृत्वमा रविन्द्र राय,ललन मंडल,शुभाष दनुवारले सेवा प्रदान गरेका थिए ।

स्थानिय लोसपा नेता संजीब झाको अध्यक्षिय ब्यबस्थापन लोसपा नेता राजीब झाको प्रमुख आतिथ्य र नेपाल भारत खुला सिमा संबाद समूह, क्लोथ बैक धनुषाको सहआयोजन तथा जानकी आँखा अस्पताल जनकपुरधाम,तेज कोहली र रुइत फाउन्डेसनको आयोजना निशुल्क आखा शिविरको आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *