
मंषिर १२ मा हुने ।कृष्ण सिंह, सर्लाही । २०७८ मंषिर १०, शुक्रबार
विसेस सर्लाहीको आयोजनामा जारी सर्लाही आईडल २०७८ को फाइनल प्रतिस्पर्धाको मिति तय भएको छ । मंषिर १२ गते फाइनल प्रतिस्पर्धा हुने विसेस सर्लाही आयोजकले जनाएको छ।सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-८ स्थित कुशुम पार्टी पैलेसको हलमा हुने उक्त प्रतियोगिताको सेमिफाइनल ११ गते हुने छ ।
जसमा पहिलो अडिसनबाट छानिएका ३२ जना गायक गायिकाहरु बीच प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक एवं निर्णायक कमिटीका सदस्य मैथिली गायक संतोष कर्णले जानकारी दिएको छ । प्रतियोगितामा छानिएका सर्लाहीको मलंगवा, लालबन्दी, बरहथवा, हरिपुर्वा, कबिलासी, ईश्वरपुर, हरिपुर र बलरा नगरपालिका तथा कौडेना र धनकौल गाउँपालिकाका प्रतिस्पर्धीहरु बीच कडा प्रतिस्पर्धा हुने छ ।
जसका लागि प्रतियोगिहरु तयारी अवस्थामा रहेको कार्यक्रम संयोजक कर्णले बताएको छ।प्रतियोगिताको फाइनलमा जिल्लाका २० वटै पालिकाका प्रमुख, उपप्रमुख तथा स्पोन्सरहरुले भोटिङ्ग गर्ने र सोही भोटिङ्गको आधारमा विजेता छानिने छ ।आइडलको उपाधि बिजेताले नगद ५१ हजार, उपबिजेताले नगद ३१ हजार र तेस्रो हुनेले नगद २१ हजार रुपैयाँ र कदरपत्र प्राप्त गर्ने छन् । निर्णायक कमिटीमा मैथिली गायक कर्णको साथ गायक मंजुर आलम रहेका छन् ।