
अनुषा थापा | वर्ष: ०४ | अकंः २७ | कार्तिक २०७८
२९ वर्षदेखि नयाँ ट्याक्सीको दर्ता खुलेन
सिण्डिकेट कागजमा हट्योे काममा हटे्न
उपत्यकामा सञ्चालित ट्याक्सीको इतिहास हेर्दा विगत २९ वर्षदेखि नयाँ ट्याक्सीको दर्ता खोलेको छैन् । २०५७।२।१७ गतेबाट बन्द भएको कालो प्लेटको ट्याक्सीको दर्ता अझै पनि खोलेको छैन् । सिण्डिकेट कागजमा त हट्यो तर काममा हट्ेन ।
ट्याक्सीमा सिण्डिकेट भएको कारणले सर्वसाधारणले भनेको बेलामा ट्याक्सी पाउदैन् । अहिले उपत्यकामा भएको अधिकांस ट्याक्सीहरु सबै थोत्रा र कबाडी छन् । लगनखेलमा बसोबास गर्ने श्याम श्रेष्ठको भनाइ अनुसार ट्याक्सीमा चढ्यो भने ट्याक्टरको जस्तो आवाज आउँछ । ट्याक्सीमा यस्तो बेतिथि छ । पैसा तिर्दातिर्दै पनि भनेको ठाँउसम्म ट्याक्सी जान मान्दैनन् ।
२०४८ सालदेखि उपत्यकामा सञ्चालित ट्याक्सीहरु सबै ७९६थ८०० सिसीको छ । अहिले भएको ट्याक्सीहरु सबै झयाम्पट छन् । जसले उपत्यकाको सुन्दरतालाई नै कुरुप बनाइदिएको छ । यातायात मन्त्रालय र यातायात ब्यवस्था विभागले ट्याक्सी सञ्चालन गर्नको लागि मापदण्ड बनाएर २०७६ सालमा पारित गरेको थियो । नयाँ ट्याक्सीको दर्ता तत्कालै खोल्ने भनेको थियो ।
अब सरकारले खोल्ने नयाँ ट्याक्सीको दर्ता हजार सिसीको भन्दा माथिको मात्र दर्ता गर्न दिने भनेको थियो । तर पनि यातायात व्यबस्था विभाग र यातायात मन्त्रालय नयाँ ट्याक्सीको दर्ता खोल्न किन चासो देखाइरहेको छैन् । आर्थिक चलखेलले त ठुलो भुमिका खेलेको छैन् भनि धेरै सर्वसाधारणको मनमा प्रश्न उब्जिएको छ ।
विगत २९ वर्षदेखि ट्याक्सीले खुलेआम जनता लुटिरहेको छ । जनताले ट्याक्सी ब्यवसायले भनेजत्ति पैसा तिरेर पनि राम्रो सेवासुविधा पाएको छैनन् । ट्याक्सीको परमिट उपत्यकामा मात्र छ । उपत्यका बाहिर ट्याक्सीको परमिट् छैन् । दुर्गम जिल्लाको अवस्था दुर्भाग्यसरी छ । उपत्यका बाहिरको सर्वसाधारणहरु चाहि नेपालको जनता होइनन् ? पुतलीसडक र बागबजारमा मात्र ट्याक्सी देखेर उपत्यकामा ट्याक्सी फालाफाल छ भन्न मिल्दैन नि ।
ट्याक्सीमा यस्तो विकृति छ । नयाँ ट्याक्सीको दर्ता खोल्ने सम्बन्धमा यातायात ब्यवस्था विभागका डिजी नवराज घिमिरेलाई प्रश्न गर्दा उनले भने, ‘उपत्यकामा ट्याक्सी कम छ र ? यहि भएको ट्याक्सी त बढी भइसक्यो ।’
ट्याक्सीको दर्ता बन्द हुने बेलामा उपत्यकामा ट्याक्सीको संख्या ७५०० थियो । पेट्रोलबाट ५६५० र डिजेल बाट १८५० चल्ने ट्याक्सी थियो । २०५७ सालपछि जनसंख्या तीन गुणाले बढेको छ । तर ट्याक्सीको संख्या बढेको छैन् । अझै पनि २० वर्षे पुराना स्क्रयाब गरेको नम्बर प्लेटमा नयाँ ट्याक्सी दर्ता भइरहेको छ । एउटा स्क्रयाब गरेको नम्बर प्लेट १०÷११ लाखमा बिक्रीवितरण भइरहेको जन गुनासो छ ।
सार्वजनिक यातायात केन्द्रिय महासंघका महासचिव भरत नेपालले सरकारलाई नयाँ ट्याक्सीको दर्ता खोल्न नदिने बताए । यदि सरकारले नयाँ ट्याक्सीको दर्ता खोल्ने हो भने हामी सरकारको विरोधमा सडक आउछौँ भनेर उनले सिधै सरकारलाई नै धम्क्याए । ट्याक्सी चालकले ट्याक्सी साहुलाई दैनिक २४ घण्टाको १९०० रुपियाँ बुझाउँछ । दिउँसो चलाउने चालकले साहुलाई १००० बुझाउँछ । राति चलाउनेले ९०० बुझाउँछ । त्यो पनि पेट्रोल हालेर ।
एयरपोर्टमा सञ्चालित सबै ट्याक्सी हरियो प्लेटमा छ । २०५० सालदेखि एयरपोर्टमा नयाँ ट्याक्सीको दर्ता बन्द छ । एयरपोर्टमा ट्याक्सीको दर्ता बन्द हुने बेलामा त्यहा जम्मा २०७ वटा ट्याक्सी सञ्चालनमा थिए । २०७० सालमा २० वर्षे पुरानो ट्याक्सीहरु विस्थापन गरेर त्यसको सट्टामा र पृरानो ट्याक्सीको स्क्रयाब गरेको नम्बर प्लेटमा नंया गाडी किनेर दर्ता ग¥यो । एयरपोर्टमा सञ्चालनमा रहेको ट्याक्सीहरु मिटरमा हिड्दैनन् । एयरपोर्टमा भएको ट्याक्सीहरु अधिकांस पुराना, थोत्रा, कबाडी र झयाम्पट छन् ।
८ महिनादेखि फाइल मन्त्रालयमै
२०७७ माघको अन्तिम सातासम्म यातायात व्यवस्था विभागको महानिर्देशक रुपमा गोगनबहादृर हमाल थिए । ट्याक्सीमा भएको सिन्डिकेट तोड्न, नँया ट्याक्सीको दर्ता खोल्ने भनेर टिप्पणी उठाएर यातायात मन्त्रालय पठाउने पनि गोगनबहादुर हमाल नै हुन् ।
गोगन बहादुर हमालले ट्याक्सीमा भएको एकाधिकार तोड्न र ट्याक्सीको ठगी धन्दा बन्द गराउन यातायात व्यसायीको खिलाफ गए । अहिले पनि २० वर्षे नम्बर प्लेटमा नँया ट्याक्सीको दर्ता भइरहेको छ । यस्तो राष्ट्र घातक कार्य रोक्न गोगनबहादृर हमालले आँट गरेको थिए ।
नँया ट्याक्सीको दर्ता सधैको लागि खोल्न, खुल्ला प्रतिस्पर्धा गराउने उनको प्रस्ताव थियो । राज्यलाई पनि नँया ट्याक्सीको दर्ता खोल्दा राजस्व आउथ्यो । यता ट्याक्सी किनेर व्यवसायी गर्छु भन्नेले पनि नँया ट्याक्सी किनेर गरिखान पाउँथे । सरकारले नँया ट्याक्सीको दर्ता खोलेपछि ट्याक्सीको नम्बर प्लेट पनि सहजै पाइन्थ्यो ।
गत फाल्गुणमा गेगनबहादुर हमालको सरुवा पछि विभागको फाइल यातायात मन्त्रालयको दराजमा थन्कियो । यसरी विगत ८ महिनादेखि नँया ट्याक्सीको दर्ता खोल्ने सम्बन्धी फाइल मन्त्रालयको दराजमै थन्किएको छ । तत्पश्चात् नयाँ ट्याक्सीको दर्ता खोल्ने टिप्पणी सेलायो ।
नयाँ ट्याक्सीको दर्ता खोल्नु भनेको अहिले भएको ट्याक्सी व्यवसायीलाई सौता आए जत्तिकै हो । सौता भित्रिदा कत्रो रिस र छटपटी हुन्छ । नयाँँ व्यवसाय भित्रिन पाएको छैन् । ट्याक्सीमा भएको एकाधिकार कसैले तोड्न सकेको छैन् । ट्याक्सीमा खुल्ला प्रतिस्पर्धा गरिएको छैन् । ट्याक्सीमा भएको दादागिरी अन्त्य कहिले ?
२०४८ सालदेखि २०७६ अघिसम्म ७९६ सिसीको गाडी बेच्ने मारुती कम्पनी र चौधरी ग्रृपहरुले एकलौटी राज गरेको छ ।
अहिले सञ्चालनमा भएको ट्याक्सीहरु सलाइको बट्टा जस्तो छ । तीन वटा मोटामोटा मान्छे चढ्यो भने ट्याक्सीले उकालोमा तान्न सक्दैन् । यात्रुले नै ठेल्नुपर्ने हुन्छ । यात्रुको झोला राख्ने ठाँउ छैन् । खुट्टा पसार्ने ठाँउको अभाव छ । उपत्यका बाहिर यस्तो ट्याक्सी गयो भने फेरि फर्केर नआउला जस्तो देखिन्छ ।
यात्रुले कुनै सेवासुविधाको प्रयोग नगरिकनै ट्याक्सी चढ्नेबित्तिकै १४ रुपियाँ तिर्नुपर्दछ । प्रत्येक किमि सरकारले ३९ रुपिया तोकेपनि मनपर्दी भाडा ट्क्यासी चालकले लिने गर्दछ । राति ९ बजेदेखि बिहान ६ बजेसम्म डबल भाडा यथावतै छ । ट्याक्सीको ज्यादती र चर्को भाडाकका कारण सर्वसाधारण सधैभरि मारमा परेको पिडा राज्य र व्यवसायीले कहिले बुझ्ने ?