MELBOURNE, AUSTRALIA – MARCH 08: Australia celebrate after winning the ICC Women’s T20 Cricket World Cup Final match between India and Australia at the Melbourne Cricket Ground on March 08, 2020 in Melbourne, Australia.

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक २८, आइतवार

दुबई । आईसीसी टी–२० विश्वकपमा नयाँ च्याम्पियन अस्ट्रेलिया बनेको छ। संयुक्त अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा न्यूजिल्यान्डलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलियाले पहिलोपटक उपाधि जितेको हो।

टस जितेर अस्ट्रेलियाले फिल्डिङ गरेपछि न्यूजिल्यान्डले जितका लागि १७३ रनको चुनौती दिएको थियो। सो चुनौती अस्ट्रेलियाले १८.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको थियो।

अस्ट्रेलियाका लागि मिचेल मार्शले नटआउट ७७ रन जोडे। उनले ५० बलको सामना गर्दै ४ छक्का र ६ चौका हिर्काए। त्यस्तै ओपनर डेभिड वार्नरले ५३ रन तथा ग्लेन म्याक्सवेलले २८ रनको योगदान गरे।

यसअघि ब्याटिङ गरेको न्यूजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७२ रन बनाएको थियो। उसका लागि कप्तान केन विलियम्सनले सर्वाधिक ८५ रन बनाए। त्यस्तै मार्टिन गुप्टिलले २८ तथा ग्लेन फिलिपले १८ रन जोडे।

अस्ट्रेलियका जोश हाजलवुडले ३ विकेट लिए भने आडम जाम्पाले १ विकेट आफ्नो नाममा लेखाए।

सन् २००७ बाट सुरु टी–२० विश्वकपमा दोस्रो पटक फाइनल पुग्दा अस्ट्रेलियाले उपाधि चुमेको हो। अस्ट्रेलिया २०१० को विश्वकपमा पनि फाइनल पुगेको थियो। फाइनलमा इङ्ल्यान्ड बाधक बनेको थियो। यसपटक पाकिस्तानलाई सेमिफाइनलमा पराजित गर्दै अस्ट्रेलिया फाइनल पुगेको थियो।

यसैगरी न्यूजिल्यान्ड भने पहिलो पटक फाइनल पुगेको थियो। उसले सेमिफाइनलमा इङ्ल्यान्डलाई पाखा लगाउँदै फाइनल यात्रा तय गरेको थियो। साविक विजेता वेस्ट इन्डिज भने समूह चरणबाटै घर फर्केको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *