मुलुक डेस्क, काठमाडौं |२०७८ कार्तिक २८ गते, आइतवार

काठमाडौं विश्वविद्यालय स्कूल अफ आर्टस् अन्तर्गत आर्ट एण्ड डिजाईन विभागका, स्नातक ( BFA ) अन्तिम वर्षका विद्यार्थीहरुका UN / CONFINED नामक BFA Exhibition Project 2021 को आयोजना यही २०७८ मंसिर १ गते अपरान्ह ३:०० बजे बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा हुने भएको छ् । सो कला प्रदर्शनीको समुदघाटन ललितपुर महानगरपालिकाका उप मेयर गीता सत्यालद्वारा हुने जनाइएको छ्।

रंग आफैमा आकर्षक र मनमोहक हुन्छ । झन यसको प्रयोगले बनाइएको कलाले स्वस्फुर्त मनलाई तान्ने गर्दछ । यसै क्रममा सन् २०१७ देखि २०२१ ब्याचका सहभागीहरु यस प्रदर्शनीमा सम्मिलित हुनेछन् ।

स्टुडियो आर्ट तर्फका विद्यार्थीहरुका नाम

आशिष श्रेष्ठ , अनुशा गुरुङ , सुमित डंगोल , सोफिया मर्हजन , सुजाता खड्का , निलिमा मर्हजन , ऐश्वया शाक्य , सज्ञ्जु थापा मगर , रियाज नरसिंह थापा सुजान श्रेष्ठ र कृपा तुलाधर ।

ग्राफीक कम्यूनिकेशनका विद्यार्थीहरुका नाम

ठिन्ले लामा , छेवाङ लामा , अमन मर्हजन , मिली मर्हजन , कृती प्रजापती , सरोज श्रेष्ठ , रिचेन सिंह , स्पृहा श्रेष्ठ , अशोक श्रेष्ठ , मन्जिल रिजाल , निजा मर्हजन , स्वर्णिम बज्रार्चाय , शुलब थापा , जोनसन लिम्बु , आर्शिया श्रेष्ठ ।

विश्वविद्यालयको आर्ट एण्ड डिजाइन विभागमा ४ वर्षको शैक्षिक यात्रामा विद्यार्थीहरुले आफुले गरेका अनुभूतिलाई विविध माध्यम र सामाग्रीहरुको प्रयोग गरेर आफ्नो कला मार्फत सिर्जनशील अभिव्यक्तिलाई प्रस्तुत गरेका छन् ।

प्रदर्शनीलाई विद्यार्थीहरुका लागि आफ्ना परिश्रम , कलाप्रतिको अनुराग र सामर्थ्यको प्रस्तुति गर्ने एउटा शुभ अवसरको रुपमा लिइनुका साथै विद्यार्थीहरुलाई धेरै विधामा व्यावसायिक बन्न समेत मद्दत पुर्‍याउँदछ । यो कला प्रर्दशनी २०७८ मंसिर ६ गते सम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *