मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक २४, बुधवार

जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रक र बस एक आपसमा ठोकिद्दा दुई जनाको ज्यान गएको छ । मकवानपुरमा दुबैजनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना ७ ख ८७६ नम्बरको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ ख ५०३५ नम्बरको ट्रकले गए राति हेटौँडास्थित नवलपुरमा ठक्कर दिँदा बसका दुई यात्रुको घटनास्थलमै मृत्यु भएको हो।

मृतक यात्रुको सनाखत भइनसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए। उनले बसका घाइते १५ यात्रु र ट्रकको चालकको हेटौँडास्थित चुरेहिल र सहकारी अस्पतालमा उपचार भइरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *