नवनिर्वाचित वडाअध्यक्ष रमेश राय

राम अधार साह, महोत्तरी । २०७८ कार्तिक १५, सोमवार

महोत्तरीको मनराशिसवा नगरपालिका वडा नम्बर १० को वडाध्यक्षको रुपमा रमेश रायले आज नगरपालिकामा एक समारोहकाबीच शपथग्रहण गरेका हुन् ।

नवनिर्वाचित वडाअध्यक्ष रायलाई मेयर संजय कुमार सिंहले शपथग्रहण गराएको थियो । नगरपालिकामा आयोजित शपथग्रहण समारोहमा उपमेयर रमिता प्रधान, प्रशासकीय अधिकृत रंजित कुमर यादव, सम्पुर्ण वडाका वडाअध्यक्ष, कार्यपालिका पदाधिकारी, पार्टी प्रतिनिधिहरु, स्थानीय जनसमुदाय, बुद्धिजीवी, पत्रकारसहितको उपस्थिति रहेको थियो ।

शपथग्रहण पश्चात् वडाअध्यक्ष रायको भनाइ थियोे,”मेरो वडाकाे जनतालाई म भैपरी आउने काममा करमुक्त राख्छु। कुनै किसिमको राज्श्व लाग्न दिन्न।” यसको लागि लाग्ने खर्च मेरो तलब, भत्ता र सेवासुबिधा बाट तिर्ने छु । कम परे थप मेरो निजि स्रोतबाट तिर्ने रायले बताए । र जनताको चाहाना अनुसार म आगामी निर्वाचनमा प्रदेशसभा सदस्यको लागि लडनेछु ।

घटनाक्रम:
२०७४ मा भएको स्थानीय तह निर्वाचनको वडाध्यक्षमा पदमा पराजित स्वतन्त्र उम्मेदवार चार वर्षपछि पुनःमतगणना हुँदा २ भोटले विजयी भएका हुन्।

महोत्तरीको मनराशिसवा नगरपालिका वडा नम्बर १० को वडाध्यक्षमा पहिलो पटक मतगणना हुँदा पराजित स्वतन्त्र उम्मेदवार रमेश राय २ भोटले विजयी भएका हुन ।

निर्वाचित वडाध्यक्ष अरुण कुमार चौधरी २ भोटले पराजित भए । २०७४ असोजमा भएको स्थानीय तहको निर्वाचनमा दुवैजनाले बराबर २६७/२६७ मत ल्याएका थिए। त्यसबेला गोलाप्रथा गर्दा नेपाली कांग्रेसका उम्मेदवार अरुणकुमार चौधरी विजयी भएका थिए। त्यसपछि वडाध्यक्षमा पराजित रमेश राय मतगणनामा धाँधली भएको भन्दै अदालत पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *