
बद्री नाथ झा, जनकपुरधाम । २०७८ कार्तिक १२, शुक्रवार
डा. सिके राउतको कार्यकर्ताको शैली अनुरुप एक विद्यार्थीले सवैला नगरपालिकास्थित फकिर चन्द उच्च माध्यमिक विद्यालय बरकुर्वा, रघुनाथपुरका प्रधानाध्यापकलाई चप्पलले पिटेका छन्।
आलोचना तथा प्रसंशा दुवै खेपी रहेका सिके राउत र उनका कार्यकर्ताले खानेपानी तथा ढल निकासका हाकिम राजेस्वर कुशवाहालाई कुटपिट तथा दुर्व्यवहार गरेको थियो। भ्रष्टाचार विरुद्धको आन्दोलनमा अघि बढेको जनमत पार्टीको डर र त्रास अहिले कर्मचारीतन्त्रमा स्पष्ट देखिएको छ । त्यसकै यो उपज हो भन्ने गरिन्छ ।
विभिन्न मागसहित पछिल्लो चार दिनदेखि आन्दोलित विद्यार्थीहरुको माग सुनुवाई नगरेको भन्दै आक्रोशित विद्यार्थीले शुक्रबार कुटपिट गरेका हुन् ।
नियमित पठनपाठन हुनु पर्ने, शिक्षकको व्यवस्थापन हुनु पर्ने, विभिन्न शुल्कको नाममा लिइएको रकमको बील विद्यार्थीहरुले पाउनु पर्ने तथा कक्षा ११ र १२ का विद्यार्थीहरुले पुस्तक पाउनु पर्ने, विद्यालयका नाममा आएका सामाग्रीहरु विद्यालयमा राख्नु पर्ने, विद्यालय सुधारका लागि सरोकारबालाहरुको बृहत भेला गरी अन्य विषयहरुमा निर्णय लिनु पर्ने लगायतका माग गरेका छन्।