मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक १२, शुक्रवार

सामाजिक सञ्जाल फेसबुक कम्पनीको नाम परिवर्तन भएको छ। फेसबुकले कम्पनीको नाम ‘मेटा’ राखेको हो।

बिहीबार फेसबुक कम्पनीले आफ्नो नाम मेटा राखेको घोषणा गरेको हो। अब दुनियाँलाई ‘मेटाभर्स’ मा थ्रीडीमार्फत् जोड्ने फेसबुकले जनाएको छ।

आफ्नो पेजमार्फत् सन्देश जारी गर्दै फेसबुकले ‘सामाजिक सञ्जालको नयाँ अध्यायमा स्वागत’ गरेको छ। फेसबुकले नाम परिवर्तन गरे पनि ‘फेसबुक’, ‘इन्स्टाग्राम’, ‘मेसेन्जर’ र ‘ह्वाट्एप’ एपका नाम भने परिवर्तन नगरेको जनाएको छ।

फेसबुकलाई विश्वको सबभन्दा ठूलो सामाजिक सञ्जाल मानिन्छ। यसका करिब ३ अर्ब मासिक सक्रिय प्रयोगकर्ता रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *