राजन झा, जनकपुरधाम । २०७८ कार्तिक ११, बिहीवार

धनुषाको शहिदनगर नगरपालिका ९ गोठकोयलपुरमा शिवलिङ्ग स्थापनाको अवसरमा बुधवारदेखि कुस्ती सुरु भएको छ ।

धनुषा क्षेत्र २ का संघीय सांसद एवं पूर्वमन्त्री उमाशंकर अरगरिया, शहिदनगरका मेयर उदय बरबरिया, वडाध्यक्ष रामदेव मरिक लगायतले संयुक्त रुपमा कुस्तीको उद्घाटन गरे ।

पूर्वमन्त्री अरगरियाले लोपोन्मुख कुस्ती खेल र पहलवानको संरक्षण सरकारले गर्नुपर्ने बताए । उनले राज्यको उदासिनताका कारण कुस्ती लोप हुन लागेकोमा चिन्ता व्यक्त गरे ।

गोठकोयलपुरमा निर्माण भएको महादेव मन्दिरमा कार्तिक ७ गते विशाल कलशयात्रा पश्चात शिवलिङ्ग स्थापना गरिएको थियो । खाडी मुलुकमा रहेका यहाँका यूवाहरुको चन्दा सहयोगबाट मन्दिर निर्माण भएको स्थानीय निशान्त यादवले बताए । उनका अनुसार शिवलिङ्ग स्थापनाको अवसरमा मेला समितिले आयोजना गरेको कुस्ती हेर्न बुधबार सर्वसाधारण उर्लिएको थियो ।

कुस्ती हेर्न टाढा-टाढाका खेलप्रेमीहरु आएको थियो । कुस्ती खेलप्रति युवाभन्दा बृद्धहरुमा आकर्षण छ । नेपाल र भारतका पहलवान कुस्ती खेल्न आएका छन् । बिहीवार कुस्ती सम्पन्न हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *