
कृष्ण सिंह, सर्लाही । २०७८ कात्तिक ११, बिहीवार
राज्यको विभेद विरुद्ध आफुहरुको लडाई जारी रहने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले बताए ।गोडैता नगरपालिकाकाे रामबनमा दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बाेधन गर्दै
अध्यक्ष ठाकुरले मधेशी जनतासंग राज्यले विभेद गरेको र साेकाे बिरूद्ध आफुहरू निरन्तर लडिरहने बताए ।
सिमा क्षेत्रमा बस्ने मधेशी जनता विभिन्न समस्या भोग्दै आएको बताउदै अध्यक्ष ठाकुरले न्यायधिशहरु आफैमा लडने गरेको र त्यसकाे प्रत्यक्ष मारमा आम जनता पर्न थालेकाे टिप्पणी गर्दै न्यायाधीशहरु आफैमा विवाद गर्न थालेपछि जनतालाई कस्ले न्यायादिने भनी प्रश्न तेर्साए ।

संसद अवरुद्ध रहेको बताउँदै अध्यक्ष ठाकुर अहिलेकाे सरकार बहादुर सरकार रहेको कटाक्ष गर्दै तीन महिनामा मन्त्री परिषद्लाई पूर्णता दिने सरकारको काम कर्तव्य जनता माझ प्रष्ट भएको समेत बताए ।
त्यस्तै लोसपाका वरिष्ठ नेता पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो मधेशीसंग राज्यले गर्ने विभेदका कारण देशकै सबभन्दा पुरानो हुलाकी सडक बन्न नसकेको बताए । राज्यले गर्ने विभेदका कारण आज मधेशी पछाडी परेको उनले आरोप लगाउनुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले गोडैता नगरपालिकाका रामबनमा दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम बुधवार लोसपा नेपालका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरको प्रमुख आतिथ्य, वरिष्ठ नेताद्वय राजेन्द्र महतो, शरद सिह भण्डारी र पार्टी नेता अनिल झाको उपस्थितीमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको थयाे ।
कार्यक्रममा संघिय सांसद चन्दा चौधरी, पूर्व संविधान सभा सदस्य केदार नन्दन चौधरी, पूर्व प्रदेश मन्त्री जितेन्द्र सोनल, अभिराम शर्मा, डिम्पल झा, प्रदेश सभा सदस्य उपेन्द्र महतो, गौरीनारायण साह, निलम देवी भुमिहारनी, रानी शर्मा तिवारी, जिल्ला संयोजक रामप्रसाद राय, बलरा नगरपालिका प्रमुख अभय सिंह, चन्द्रनगर गाउँपालिका अध्यक्ष महेन्द्र महतो, पार्टी नेता प्रदिप नारायण यादव, अरुण सिंह, राकेश मिश्र, मनिष मिश्रा, नागेश्वर महतो लगायत नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागीता रहेको थियो । कार्यक्रममा गोडैता नगरपालिका प्रमुख देवेन्द्र कुमार यादवले स्वागत मन्तव्य राखे ।