राजन झा, सिरहा ।२०७८ कार्तिक ०९, मंगलवार

सिरहाको लहान नगरपालिका ३ स्थित अस्पताल चौकमा लहान सिटी हेल्थ केयर प्राली संचालनमा आएको छ।अर्थमन्त्री सैलेन्द्र साहले लहान सिटी हेल्थ केयर प्रालीको उदघाटन गरेका छन्।

हेल्थ केयरका प्रबन्धक मुनिलाल महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिमा अर्थमन्त्री सैलेन्द्र साह, बिशिस्ट अतिथिमा पुर्व मन्त्री राजलाल यादव,जसपाका केन्द्रिय सदस्य बिजय सिंह दनुवार रहेका थिए ।

मन्त्री साहका अनुसार प्रदेश सरकारद्धारा मधेस अस्पताल प्रतिष्ठानको स्थापना भएको बताए। प्रदेश सरकार अन्तर्गतका अस्पतालहरुमा उपचारको हिसाबले सुधार ल्याउने प्रतिबद्ध गरे । लहान ट्रामा सेन्टरको स्थापनाको लागी पहल गर्ने र प्रत्येक स्थानीय तहमा स्वास्थ क्षेत्रमा सुधार ल्याउने उनले बताए।

अतिथिहरुमा जसपा नेपालका युवा नेता तथा प्रदेश कमिटी सदस्य राम चलितर महतो, दिपेश यादव, सुरेन्द्र कुमार यादव, नेत्री ललिता दास,लहान नगर अध्यक्ष दिनेश महतो,जसपा नेता तथा संघीय परिषद सदस्य राम बहादुर यादवको समेत उपस्थिति रहेको थियोे ।

र,जननिर्वाचित लहान ७ का वडा अध्यक्ष राकेश रोशन गुप्ता,उपमेयर प्रत्यासी रिता साह सिरहा क्षेत्र नम्बर १का क्षेत्री अध्यक्ष परियाग लाल यादव,क्षेत्री उपाध्यक्ष राम उदगार महतो,ललित महतो,ज्ञान् कुमार महतो,विद्यार्थी नेता चन्द्र शेखर यादव लगायतका सयौं नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *