राजन झा, जनकपुरधाम । २०७८ कार्तिक ०८, सोमवार

महोत्तरीको जलेश्वर नपा वार्ड नं ९ पर्कौलीमा वडा कार्यालय भवन, सार्वजनिक दलान तथा ब्रह्म कुमारीको ॐ शान्ती भवनको उदघाटन जसपा नेपालका रास्ट्रिय अध्यक्ष उपेन्द्र यादवले गरेका थिए।

पुर्व मन्त्री हरि नारायण यादव , पुर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, पुर्व प्रदेश २ का आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाको उपस्थित रहेको कार्यक्रमका संचालन केन्द्रिय सदस्य कृष्णशंकर साहले गरेका थिए। ॐ शान्ती समाजको समेत उपस्थिती रहेको उक्त कार्यक्रममा ॐ शान्ती कि दादिमाको विशेष उपस्थिति थियो ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ३०० भन्दा बढी कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेका छन । जसपामा पुर्व माओवादीका वाडा अध्यक्षका प्रत्यासी इदरिश अन्सारी रहेका छन ।

प्रवेश कार्यक्रमको अबसरमा अध्यक्ष यादवले देशको राजनितीक, सामाजिक संगै आर्थिक परिवर्तनको आवश्यकता रहेको बताए । शासकीय स्वरुपमा आमूल परिवर्तन नभए भ्रष्टाचार नियन्त्रण नहुन सक्ने बताएका छन । प्रत्यक्ष निर्वाचित रास्ट्रपति र विशेषज्ञको मन्त्रीमण्डल जसपाको लक्ष्य रहेको भन्दै न्याय प्रणालीमा समेत व्यापक परिवर्तनको खाचो रहेको बताएका छन ।

समाजिक रुपान्तरणको प्रमुख बाधक जातिवादको जग नउखेलेसम्म समाज परिवर्तन नहुने बताएका छन। कृषि प्रधान देशमा किशानको विशेष महत्व रहेको समेत जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *