राजन झा, जनकपुरधाम । २०७८ कात्तिक ०६, शनिवार

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले ब्रह्मकुमारी राजयोग सेवा केन्द्र जनकपुरधामद्वारा मुजेलियामा नवनिर्मित प्रशिक्षण केन्द्र ॐ शान्ति मिथिला बाटिकाको आज एक कार्यक्रमबीच समुद्घाट्न गरेका छन ।

सेवा केन्द्र को नेपाल निर्देशक राज दादीमाको अध्यक्षतामा भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले आजको भौतिक युगमा मानिसलाई अहिंसाको बाटोमा डोर्‍याउने सेवा केन्द्रको भुमिका प्रशंसनिय रहेको बताए ।

पाँच कठ्ठा क्षेत्रफलमा ४ करोड ५० लाखको लागतमा निर्माण भएको उक्त भवनमा राजयोग सेवा केन्द्र सङ्ग सम्बन्धि प्रशिक्षण हरु सञ्चालन हुने जनाईएको छ । समारोहमा प्रदेश सभा सदस्य राम अशिष यादव, शत्रुधन महतो, परमेश्वर साह, शारदा थापा सहित समाजसेवी हरुको विशेष सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *