
राजन झा, जनकपुरधाम । २०७८ कार्तिक ०५, शुक्रवार
जनकपुरधाम । खानेपानी तथा ढल व्यवस्थापन आयाेजना जनकपुरका निमित प्रमुख राजेश कुशवाहालाई अर्धनग्न गरि नगर परिक्रमा गराउने जनमत पार्टीका १७ जना विरूद्ध कारवाही प्रहरीले थालेका छन् ।
घटना लगतै धनुषा प्रहरीले १० जनालाई पक्राउ गरेको थियो । कार्यकर्ताहरुलाई रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि धर्ना तथा प्रदर्शन गर्ने मध्ये साँझ पुनः ५२ जना जनमतका नेताकार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएका थिए ।
प्रहरीले नियन्त्रणमा लिएका ६२ जना मध्ये ४५ जनालाई राति साढे ८ बजे छाडिएकाे र बांकी १७ जनालाई हिरासतमा राखि मुख्य दाेषीहरू विरूद्ध कारवाही थाल्ने र कानून बमाेजिम कारवाही गरिने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।तर, रिहा भएकाहरु बाँकी सहकर्मीलाई समेत रिहाइका माग गर्दै समचार लेख्दासम्म जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका थिए ।
पक्राउ परेका नेताकार्यकर्ताको रिहाइको माग गर्दै जनमत पार्टीले भोलि शुक्रबार वृहत संख्यामा जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने घोषणा गरेको छ । जनमत पार्टीका नेताकार्यकर्ताले बिहीबार साँझ जनकपुरमा मसाल जुलुस समेत प्रदर्शन गरेका छन् ।