मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक ०४, बिहीवार

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको कुशीनगर जिल्लास्थित कुशीनगर अन्तर्राष्ट्रिय एयरपोर्टको उद्घाटन गरेका छन्। उद्घाटन लगत्तै त्यहाँबाट पहिलो अन्तर्राष्ट्रिय उडान श्रीलंकाको कोलम्बोको लागि गरिएको छ।

कुशीनगरमा नवनिर्मित उक्त अन्तर्राष्ट्रिय एयरपोर्टले बौद्ध पर्यटकहरुको आवागमनलाई सजिलो बनाउने मद्दत गर्ने बताइएको छ। साथै लुम्बिनीको पर्यटन प्रवर्द्धनमा मद्दत समेत पुग्ने छ् ।

२६० करोड रुपैयाँको लागतमा ३६०० वर्गमिटरमा फैलिएको नयाँ टर्मिनलले कुशीनगरको बिकास सङै लुम्बिनीको बिकासमा समेत टेवा पुग्ने छ् ।

कुशीनगर एक अन्तर्राष्ट्रिय बौद्ध तीर्थ केन्द्र हो। जहाँ भगवान गौतम बुद्धले महापरिनिर्वाण प्राप्त गरेका थिए। यो स्थल बौद्ध सर्किटको एक केन्द्रबिन्दु पनि हो। बौद्ध सर्किटमा कुशिनगरको अलावा लुम्बिनी, सारनाथ र गयाको तीर्थस्थलहरू सामेल छन्।

कुशिनगर एयरपोर्टले बौद्ध धर्मका अनुयायीहरुलाई विदेशबाट लुम्बिनीमा पुर्‍याउन समेत भूमिका निर्वाह गर्नेछ । जसले लुम्बिनीको पर्यटन विकासमा मद्दत पुर्‍याउनेछ। यो एअरपोर्टको निर्माणसँगै बौद्ध सर्किट लुम्बिनी, बोधगया, सारनाथ, कुशीनगर, श्रावस्ती, राजगीर, संकिसा तथा वैशालीको यात्रा कम समयमा पूरा गर्न सकिनेछ।

कुशीनगर अन्तर्राष्ट्रिय एयरपोर्टले विश्वका विभिन्न देशहरुबाट आउने तीर्थयात्रीहरुलाई यो क्षेत्रका विभिन्न बौद्ध स्थानसँग जोड्न मद्दत गर्नेछ। यस एअरपोर्टले एसियाली देशहरु श्रीलंका, जापाम, ताइवान, दक्षिण कोरिया, चीन, थाइल्याण्ड, भियतनाम र सिंगापुरबाट आउने पर्यटकलाई लुम्बिनी क्षेत्रमा ल्याउन सहयोग पुग्नेछ।

Leave a Reply

Your email address will not be published.