मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक ०३, बुधवार

बंगलादेशमा हिन्दु धर्मावलम्बीमाथि भएको हिंसाको विरोधमा नेपालस्थित बंगलादेश दुतावास अगाडि बुधबार प्रदर्शन भएको छ।

बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायविरुद्धको साम्प्रदायिक आक्रमणमा हालसम्म ८ जनाको हत्या भएको छ भने ६ सयभन्दा बढी घर जलाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

संकुचित दृष्टिकोण राख्‍नेले धर्मका नाममा हिंसा गरी निर्दोष व्यक्तिको निर्मम हत्या गरेको विरोधमा प्रदर्शन गरिएको इस्कोन नेपालका अध्यक्ष रवी प्रजापतीले बताए।

दी इन्टरनेसनल सोसाइटी फर कृष्ण कन्ससनेस (इस्कन)ले बंगलादेश हिंसाको विरोधमा विश्वव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ। इस्कनले मंगलबार नै आगामी अक्टोबर २३ मा संसारका १५० वटा मुलुकमा बंगलादेश हिंसाको विरोधमा आन्दोलन गर्ने घोषणा गरेको थियो। गत साता दुर्गा पूजाको समयमा बंगलादेशमा भएको साम्प्रदायिक हिंसाको विषयमा इस्कनले भारतका विभिन्न सहरमा आन्दोलन गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *