
राजन झा, जनकपुरधाम । २०७८ कार्तिक ०३, बुधवार
मुख्यमन्त्री लालबाबु राउतले बाढी पीडित प्रदेश २ का किसानहरुको लागी विशेष राहत प्याकेज उपलब्ध गराउन मांग गरेका छन ।
राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा मुख्यमन्त्री राउतले पछिल्लो समयमा भएको अविरल वर्षा र त्यसले निम्त्याएको बाढीका कारण प्रदेश २को धानवालीमा व्यापक क्षति भएको उल्लेख गर्दै विशेष राहत प्याकेज उपलब्ध गराउन संघीय सरकारलाई आग्रह गरेको हो ।
पछिल्लो बाढीले देशै भरि ठूलो क्षति भएपछि संघ सरकारले क्षति व्यवस्थापनका लागी प्राधिकरणको बैठक बोलाएको थियो । बैठकमा मुख्यमन्त्री राउतले धान भित्र्याउने बेलामा आएको बाढीले धान बाली नष्ट हुनुका साथै अन्यबालीमा समेत असर परेको उल्लेख गर्नु हुँदै संघ सरकारले प्रदेश २को किसानहरुको लागी विशेष प्याकेज घोषणा गर्नु पर्ने धारणा राखे ।
प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा भएको उक्त बैठकमा सात वटै प्रदेशका मुख्यमन्त्री , प्रमुख सचिव लगायतको उपस्थिति रहेको थियो ।
पछिल्लो बाढीले धानबालीमा पुर्याएको क्षतिका कारण प्रदेश २का किसानहरु सबै भन्दा बढी समस्यामा परेका छन ।