मुलुक डेस्क, काठमाडौंमा । २०७८ आश्विन ३०, शनिवार

माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियन्सिपमा नेपालले पहिलो पटक फाइनलमा पुगेर इतिहास बनायो ।

तर साफ च्याम्पियन्सिपमा सँधै दबाब बनाउँदै आएको भारतले शनिबार राती नेपाललाई ३–० ले हराएर साफ च्याम्पियन्सिपमा नयाँ विजेताको उदय हुन दिएन । यद्यपि यस प्रतियोगिताले दक्षिण एसियाली फुटबलमा नेपाल एक पावरहाउस हो भन्ने सिद्ध भएको छ ।

कुवेती प्रशिक्षक अब्दुल्ला अल्मुताइरीको प्रशिक्षकत्वमा रहेको नेपालले यसपालि आफ्नो छवि उच्च पार्न सफल भएको छ । यसपटक साफ च्याम्पियन्सिपमा भारतसँग मात्र नेपाल पराजित भयो । फाइनल पुग्ने क्रममा नेपालले आयोजक तथा गत विजेता माल्दिभ्स र श्रील्ङ्कालाई हराएको थियो । नेपालले बङ्गलादेशविरुद्ध भने बराबरीमा खेल्यो ।

भारत आठौँ पटक च्याम्पियन:
भारतले साफ च्याम्पियन्सीपको उपाधि जितेको यो आठौँ औँ पटक हो । भारतले २००३ मा बङगलादेशमा भएको साफ च्याम्पियन्सिपबाहेक अन्य सबै संस्करणमा फाइनल खेलेको छ । यसैगरी नेपालको भारतसँगको जितविहीन यात्रा दश खेल पुगेको छ । सन् २०१३ मा काठमाडौँमा भएको साफ च्याम्पियन्सिपपछि नेपालले भारतलाई हराउन सकेको छैन ।

दुई मिनेटमा खेल परिवर्तन

मध्यान्तरपछि प्रारम्भ भएको खेलको सुरुवातमै भारतले दुई मिनेटमा दुई गोल गरी खेल लगभग आफ्नो पक्षमा पार्यो । खेलको ४८ औँ मिनेटमा मैदानको दायाँ भागबाट प्रितम कोटलले गरेको क्रसमा भारतको कप्तान सुनील क्षेत्रीले पावरफुल हेडरमार्फत् गोल गरी भारतलाई अगाडि पढे। दुई मिनेटपछि नै यासिर मोहम्मदले डिबक्स भित्रबाट नै दिएको पासमा सुरेश सिंहले बल गोलपोस्टमा छिराएर नेपालको साफ च्याम्यियन बन्ने सपना कमजोर पारिदिनुभयो । त्यसपछि खेलको ९० औँ मिनेटमा स्थानापन्न खेलाडी सहल अब्दुल समादले डिबक्स भित्रनै उत्कृष्ट ड्रिब्लिङपछि गोल गरी भारतको जित पक्का गररे ।
यसअघि, लिग चरणमा भारतविरुद्ध अति रक्षात्मक खेल खेलेर आलोचित बनेको नेपालले फाइनलमा भारतविरुद्ध सुरुदेखि आक्रामक रणनीतिमा खेलेको थियो । फाइनलमा अघि एक महिनाभित्र दुई मैत्री र लिग चरणमा एक खेल खेलेकोले पनि नेपाललाई भारतको खेलबारे राम्रो ज्ञान थियो । पहिलो हाफको धेरै समयमा वर्ष भएपछि दुवै टिमलाई खेल्न गाह्रो भयो तर पनि नेपाल र भारतले इन्ड टु इन्ड फुटबल खेले । जसले गर्दा पूर्वाद्र्धमा गोल नभएपनि खेल रोमाञ्चक बनेको थियो । दुवै टिमले गोल गर्ने कैयौँ अवसरको सिर्जना गरेका थिए । खेलको चौथो मिनेटमा नेपालको गोलरक्षक किरण चेम्जोङको डबल सेभले नेपाललाई जोगायो । डिबक्सबाहिरबाट यासिर मोहमम्दले गरेको प्रहार किरणले विफल पारेपनि फेर्कर आएको बलमा अनिरुद्ध थापाले नजिकबाट हान्ने अवसर प्राप्त गरेका थिए । तर त्यो प्रहारलाई पनि किरणले गोलपोस्टमा छिर्नबाट रोक्नुभयो ।

खेलको छैटौँ मिनेटमा सुमन लामाको प्रहार भारतका गोलरक्षक गुरु प्रीत सिंह सिन्धुले जोगाएपछि नेपालले गोल गर्न सकेन । सो प्रहारमा गुरप्रीतबाट फर्केर आएको बलमा नवयुग श्रेष्ठले प्रहार गरेको बल गोलपोस्टमा लागेर फर्केको थियो । यसअघि, नवयुगले डिबक्समा रहेकै बेला गोलपोस्टमा माथि प्रहार गरेर गोल गर्ने अवसर खेर फाल्नुभएको थियोे । यी आक्रमणसँगै नेपालले आज भारतविरुद्ध दबाबमा नखेल्ने संकत गरेको थियो । खेलका १७ औँ रोहित चन्द गोलपोस्ट नजिकै चिप्लिँदा खुल्लारुपमा बल प्रहार गर्ने अवसरबाट वञ्चित हुनुभयो र नेपालले गोल गर्ने अर्को राम्रो अवसर गुमायो । उराद्र्धमा रोहितको हेडर गोलपोस्टमा लागेर फर्केपछि पनि नेपाल निराश बनेको थियो ।

प्रशिक्षकको अन्तिम खेल

कुवेती प्रशिक्षक अब्दल्ला अल्मुतारीको यो नेपालका लागि अनितम खेल पनि हो । प्रशिक्षक अल्मुताइरीले नेपाल फाइनलमा पुगेपछि भारतविरुद्धखेलको नेपालको प्रशिक्षकको रुपमा उनको अन्तिम खेल हुन वताए ।

रोहितले उछिने विराजलाई

रोहित चन्द शनिबार खेलेर ७४ अन्तर्राष्ट्रिय खेलसहित नेपालका लागि सर्वाधिक खेल खेल्नेको सूचीमा दोस्रो स्थानमा उक्लिनुभयो । उहाँले पूर्व कप्तान विराट महर्जनलाई उछिने हो । रोहितभन्दा बढी नेपालका कप्तान किरण चेमजोङले मात्र सर्वाधिक खेल (७९) खेल खेलेका ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *