
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ३०, शनिवार
नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलका लागि आज शनिबार मैदान उत्रदैछ। माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा राति ८:४५ बजे भारतविरुद्ध नेपाल मैदान उत्रन लागेको हो।
२८ वर्ष लामो साफ च्याम्पियनसिप फुटबलको इतिहासमा नेपाल पहिलोपटक उपाधि दाबेदारीमा पुगेको हो। खेल प्रदर्शनका आधारमा सधैँ दाबेदार रहे पनि नेपाल सेमिफाइनल भन्दा माथि कहिल्यै पुग्न सकेको थिएन।
यसपटक नेपालले उपाधि जित्दै दाबेदार मात्र हैन ‘हकदार’ हुन सक्ने अवसर पाएको छ। यद्यपि ७ पटकको च्याम्पियन भारत बलियो प्रतिद्वन्द्वी रहेको छ।