
ध्रुव सिंह, कोइलाडी । २०७८ आश्विन २८, बिहीवार
श्रद्धा र आस्थाको प्रतीक एवं असत्यमाथी सत्यको जीतको उत्सव हो – विजया दशमी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको कोइलाडीस्थित श्री दुर्गा मन्दिरमा प्रत्येक वर्ष दुर्गा पूजाको अवसरमा भव्यताका साथ पूजापाठ एवं बली प्रदान हुने परम्परा रही आएको छ् ।


कोइलाडीस्थित श्री दुर्गा मन्दिरमा पूजापाठ एवं बली प्रदान परम्परा करिब दुई सय वर्ष अगाडीदेखि चल्दै आएको जानकारहरु बताउँछन्। घटस्थापनादेखि विजया दशमीसम्म प्रत्येक दिन बली चढाउने परम्परा छ।


मन्दिरमा विशेषगरी अष्टमी र नवमीको दिन भक्तजनको घुँइचो लाग्ने गर्दछ । यँहा कोइलाडी लगायत आसपासका ५०/६० गाउँका भक्तजनहरु पूजापाठ गर्न आउने गर्दछन । र मनाेकामना पूरा हाेस भन्दै श्रद्धालुले बली समेत चढाउने गर्दछन ।

आज नवमीको दिन मन्दिरमा ८ सय बोका र ४० राँगाको बली दिइएको छ। स्थानीयवासी मुकेश सिंहका अनुसार यँहा हरेक वर्ष ७ सय देखि ८ सयसम्म बली चढाइन्छ।


