
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २८, बिहीवार
झापा। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा आइपुगेका छन। बुद्ध एयरजको जहाजबाट आज मध्यान्ह ऊनी झापा पुगेका हुन् ।
अध्यक्ष ओलीलाई स्वागत गर्न प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्य, पूर्वमन्त्री हिक्मत कार्कीलगायतले स्वागत गरे । अध्यक्ष ओलीसँगै पूर्वमन्त्री अग्नि खरेल, राष्ट्रियसभा सदस्य कोमल ओली पनि झापा पुगेका छन ।

ओली आज आफैले आयोजना गरेको शुभकामना आदान प्रदान र चियापानका लागि गृहजिल्ला झापा आएका हुन् ।
बिगत २७ बर्षदेखि ओलीले आफ्नो गृहजिल्ला झापामा बिजया दशमीको नवमीको दिन चियापान कार्यक्रम आयोजना गर्दै आएका छन ।