मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २७, बुधवार

नेपाल साफ च्याम्पियनसिपमा फाइनल यात्रा तय गरेको छ । नेपाललाई फाइनल पुग्न एक अंक चाहिएकोमा बंगलादेशलाई राउन्ड रोबिनको आफ्नो अन्तिम खेलमा १–१ को बराबरीमा रोकेको हो ।

सन् १९९३ देखि सुरु भएको प्रतियोगितामा नेपाल पहिलो पल्ट फाइनल पुगेको हो । यस प्रतियोगितामा नेपालको चार खेलबाट सात अंक भएको छ ।

फाइनलमा नेपालको प्रतिद्वन्द्वी बुधबारकै दोस्रो खेलले गर्नेछ । उक्त खेलमा आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्स र भारत खेल्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *