राजन झा, जनकपुरधाम । २०७८ आश्विन२५, सोमवार

प्रदेश न. २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले नेपाल सरकारको खरिद ऐनका कारण प्रदेश २ लगायत देशभरी निर्माण कार्यहरु अलपत्र रहेको आरोप लगाएका छन् ।
सोमवार राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसरमा ७५ शैय्याको अत्याधुनिक कार्डिक सेन्टर र एनेक्स भवनको शिलान्यास गर्दै मन्त्री साहले वताए ।
नेपाल सरकारले खरिद ऐन लाई समयानुकूल परिमार्जित गर्न नसकेर समस्या उत्पन्न भएको उनको भनाई छ । प्रदेश सरकारले आफ्नै खरिद ऐन ल्याउन लागेको समेत उनले बताए ।
प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेर स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन तर्फ अग्रसरता देखाउन लागेको मन्त्री साहको भनाई छ । यसवाहेक दलितका लागि स्वास्थ्य विमा तथा प्रत्येक पालिकामा स्वास्थ्य क्लिनिक जस्ता योजना समेत प्रदेश सरकारले ल्याउन लागेको वताए ।
संघिय सरकारको सहरी विकास मन्त्रालयको एकिकृत स्वास्थ्य विकास कार्यक्रम अन्तर्गत गजेन्द्र नारायण सिंह अस्पताल अन्तर्गत उक्त कार्डिक सेन्टर र एनेक्स भवन समय अनुकूल भित्र निर्माण हुन लागेको हो ।
२३ करोड ५४ लाख ८७ हजार कुल लागत अनुमान रहेको उक्त भवन निर्माणका लागि साह प्रेरा जेभीले झण्डै ६५ प्रतिशत बिलोमा १५ करोड २६ लाख ९३ हजारमा टेन्डर कबोल गरेका छन् ।ठेकेदार कम्पनीले २०८० साल असार २३ गते भित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने हुन्छ ।