राजन झा, जनकपुरधाम। २०७८ आश्विन २४, आइतवार

जनता समाजवादी पार्टी नेपाल (जसपा) प्रदेश २ का अध्यक्ष विजय यादवले अध्यक्ष पदबाट राजीनामा दिएका छन ।
जसपा प्रदेश २ को जनकपुरधाममा समायोजनका लागि वैठक चल्दै गर्दा यादवले पदबाट राजीनामा दिएका हुन ।

प्रदेश २ का कृषि मन्त्री समेत रहेका यादवले अध्यक्ष पदका लागि विवाद भइरहदा उनले अध्यक्ष पदबाट राजीनामा दिएको स्रोतको भनाई रहेको छ । त्यसैगरि जसपाका प्रदेश २ का मुख्यसचिव शम्भु झाले समेत आफनो पदबाट राजीनामा दिएका छन । उनले सामाजिक संजाल मार्फत लेख्दै पार्टीको साधारण सदस्यताबाट समेत राजीनामा दिएको वताएका छन ।

प्रादेशीक समितिका लागि समायोजन वैठक जनकपुरधाममा चल्दै छ भने वैठकमा पार्टीका राष्टिय अध्यक्ष उपेन्द्र यादवको पनि उपस्थिती रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *