राजन झा, जनकपुरधाम । २०७८ आश्विन २४, आइतवार

बटेश्वर गाउँपालिका वडा न. ४ मा रहेको धनलक्ष्मी उधम कृषि तथा सहकारी संस्था लिमिटेडको तेस्रो वाषिर्क साधारण सभा सम्पन्न भएको छ ।

उक्त अवसरमा प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले सहकारी संस्थाहरुको माध्यमबाट मुलुकमा रोजगारी तथा आर्थिक समृद्धिमा टेवा पुग्ने बताए । देश निर्माणमा सहकारी संस्थाहरुको अहम् भूमिका रहेको छ । मुलुकमा रोजगारी र आर्थिक समृद्धि कायम गर्न सहकारी संस्थाहरुको ठूलो योगदान रहेको छ ।

सहकारी संस्थाहरुले उत्पादनमूखी योजनाहरुमा लगानी गर्नुपर्नेमा जोड दिदै मन्त्री साहले प्रदेश सरकार सहकारी संस्थाहरूको बिकासमा सहयोग गर्न प्रतिबद्ध रहेको बताए । सामाजिक विकास र रुपान्तरणको प्रमुख आधार सहकारी क्षेत्र भएकोले उल्लेख मन्त्री साहले सहकारी संस्थाहरुलाई समाजप्रति उत्तरदायी भएर कार्य संचालन गर्न आग्रह गरे ।

संस्थाका अध्यक्ष रेखाकुमारी महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा विशिष्ट अतिथि बटेश्वर गाउँपालिका का उपाध्यक्ष प्रमिला देवी सहितको सदस्यहरुको उपस्थिथिमा कार्यकम सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *