मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २३, शनिवार

चितवन टाइगर्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को उपाधि जितेको छ। शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले उपाधि उचालेको हो।

चितवन पहिलो पटक ईपीएलको च्याम्पियन बनेको हो। फाइनलमा पोखराले दिएको १ सय १२ रनको लक्ष्य चितवनले १५.५ ओभरमा ६ विकेट गुमाएर भेट्टायो। उसका लागि भीम सार्कीले उत्कृष्ट ब्याटिङ गरे। उनले ४५ बलमा ७ चौका र २ छक्कासहित ६३ रनको योगदान दिए। यस्तै, यस्तै, दीलिप नाथले १८, राजेश पुलामीले १४ र मोहम्मद शाहजादले ११ रन बनाए।

एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को च्याम्पियन टिम चितवनका स्पिनर सागर ढकाल ईपीएलको ‘म्यान अफ दि सिरिज’ घोषित भएका छन्। यस्तै चितवनकै ब्याटर भीम सार्की इमर्जिङ प्लेयर घोषित हुँदा कमलसिंह ऐरीले डेर टु ड्रिम अर्वाड प्राप्त गरे।

सागरले पल्सर एनएस २०० सिसी मोटरबाइक प्राप्त गरे भने भीम र कमलले ५१–५१ हजार रुपैयाँ प्राप्त गरे। चितवनलाई च्याम्पियन बनाउने क्रममा सागरले ७ खेलबाट सर्वाधिक १४ विकेट लिएका थिए। यसक्रममा उनले २६ ओभर बलिङ गर्दै १ सय ४७ रन खर्चिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *