मुलुक डेस्क, वीरगंज । २०७८ आश्विन २३, शनिवार

वीरगंजमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन गरिएको छ् । पर्साका सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको विरोधमा उनकै दल जसपाका कार्यकर्ताले वीरगंजमा प्रदर्शन गरेका छन्।

जसपाका नेता एवं सांसद प्रदीप यादव निकटका कार्यकर्ता र समर्थकहरुले कालो झण्डासहितको मोटरसाइकल जुलुश निकालेका हुन्। मोटरसाइकल जुलुशले नगर परिक्रमा गरेपछि घण्टाघर चोकमा उपेन्द्र यादवको पुत्ला दहन गरेका हुन ।

प्रदर्शनमा सहभागी जसपाका युवा नेता गौरव बर्माका अनुसार विरोध प्रदर्शन कार्यक्रम पार्टीको कार्यक्रम नभई सांसद प्रदीप यादवका समर्थकहरुद्वारा गरिएको थियोे । उनले भने,‘ उपेन्द्रले धेरै पटक पर्सा र वीरगंजवासी लाई ठग्दै आएका छन्, उपेन्द्र काला नाग हुन्, उनलाई वीरगंजमा छिर्न दिइन्न।’

सांसद यादवका कार्यकर्ताले शुक्रबार साँझ पनि वीरगंजमा केन्द्रीय अध्यक्ष यादवको पुत्ला र पार्टी कार्यालयको साइन बोर्डमा आगो लगाएका थिए ।

प्रदीपको गुनासो :
२०७४ सालको आमनिर्वाचनमा पर्साका चार वटै निर्वाचन क्षेत्रमा हाम्रो पार्टीले जितेको थियो। प्रदेश सभाको आठमध्ये ६ वटा सदस्य पनि हामीले जित्यौं। १४ वटा स्थानीय तहमध्ये चारमा प्रमुख र १० वटामा उपप्रमुख जित्यौं।

वीरगंज मधेश आन्दोलनको केन्द्र हो। आन्दोलनका वेला प्रहरीको गोली थाप्न अग्रपंक्तिमा उभिने २०७४ सालको आमनिर्वाचनमा पर्साका चार वटै निर्वाचन क्षेत्रमा हाम्रो पार्टीले जितेको थियो। प्रदेश सभाको आठमध्ये ६ वटा सदस्य पनि हामीले जित्यौं। १४ वटा स्थानीय तहमध्ये चारमा प्रमुख र १० वटामा उपप्रमुख जित्यौं।

वीरगंज मधेश आन्दोलनको केन्द्र हो। आन्दोलनका वेला प्रहरीको गोली थाप्न अग्रपंक्तिमा उभिने वीरगंजवासी नै थिए। जनता समाजवादी पार्टीलाई स्थापित गर्न पर्साको ठूलो योगदान छ।

आन्दोलनका वेलामा अग्रमोर्चामा खटे पनि अवसर पाउँदा भने नेतृत्वले सधै उपेक्षा गर्ने गरेको छ। पार्टी दुई–दुई पटक सरकारमा गयो। तर, पर्सालाई वेवास्ता गरियो। यसपटक पार्टी अध्यक्ष उपेन्द्र यादवले फरक पर्दैन भन्नु भएको थियो। तर, अन्तिममा मेरो नाम झिकियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *