मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २३, शनिवार

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फाइनलमा पोखरा राइनोजले चितवन टाइगर्सलाई १ सय १२ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १७.५ बलमा अलआउट हुँदै १ सय ११ रन बनायो। पोखराका लागि असेला गुनारत्नेले ३४, रिचार्ड लेभीले २६, कप्तान विनोद भण्डारीले २२ र विपिन रावलले १७ रन बनाए। बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।

पोखरालाई सस्तैमा रोक्न चितवनका कमलसिंह ऐरीले ३ विकेट लिए। करिम जनत र सेकुग्गे प्रसन्नले २–२ तथा सोमपाल कामी र सागर ढकालले १–१ विकेट लिए।

सोमपाल कामीको कप्तानीमा रहेको चितवन र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो। र, दुबै टिम जित निकाल्दै पहिलो पटक उपाधि उचाल्न चाहन्छ।

पहिलो क्वालिफायरमा चितवनले पोखरालाई नै हराएर फाइनलमा स्थान पक्का गरेको थियो। तर, दोस्रो क्वालिफायरमा पोखराले भैरहवा ग्लाडियसर्टलाई हराएर फेरि चितवनसँगको भेट पक्का गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *