
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २२, शुक्रवार
जनआन्दोलनकी ‘पोस्टर गर्ल’ रामकुमारी झाँक्री शहरी विकास मन्त्री बन्न सफल भइन । नेकपा एकीकृत समाजवादीकी नेतृ तथा सांसद रामकुमारी झाँक्री पहिलोपटक मन्त्री बनेकी हुन् । उनलेे शहरी विकास मन्त्रीका रुपमा पदभार ग्रहण गरेकी छिन्।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सपथ लिएकी नेतृ झाँक्रीले पहिलोपटक मन्त्री बन्ने अवसर पाएकी हुन्।
नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विधार्थी युनियन-अनेरास्ववियूको पूर्व अध्यक्ष रहेकी झाँक्री ०६२/६२ को जनआन्दोलन र त्यसपछिका विभिन्न विधार्थी आन्दोलनमा अग्रपंक्तिमा थिइन्।