बद्री नाथ झा, जनकपुर । २०७८ आश्विन २२, शुक्रवार

बडा दशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । देशभरका शक्तिपीठमा विहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा र आराधना गरी हर्षोल्लासका साथ मनाउने परम्परा छ ।

दशैंको पहिलो दिन बिहीबार घटस्थापनामा शैलपुत्री देवीको पूजापाठ गरिन्छ । जनकपुरको राजदेवी मन्दिर, बौधीमाइ मन्दिर, महोत्तरीको माइस्थान मन्दिर, सप्तरीको छिन्नमस्ता सखरा भगवती मन्दिर लगायत शक्तिपीठमा बिहानैदेखि ब्रह्मचारिणी देवीको पूजाअर्चनाको निम्ति श्रद्धालु भक्तजनको भीड लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *