
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २१, बिहीवार
आशिर्या देसार जुनियर खुल्ला उसु च्यम्पियन बनेकी छिन । प्रथम कालभैरब जुनियर खुल्ला उसु च्यम्पियनसिप २०७८ को उपाधी आसिर्या देसारले जितेकी छिन् ।
दशरथ रंगशालामा आयोजित उक्त दुइ दिने च्यम्पियनसिपमा आशिर्याले ३० देखि ३२ तौल समूहमा स्वर्णपदक जितेकी हुन् । प्रसिद्ध कलाकार अजय देसारको पहिलो सन्तान आर्शिया पिता जस्तै पेन्टिङमा पनि उत्कृष्ट छिन । आत्मरक्षाका लागि बिगत दुई वर्षदेखि अभ्यासमा लागेकी उनले यसको श्रेय आफ्नी आमालाई दिन्छिन् । ८ वर्षीय आर्शियाले ट्रफि र सम्मानपत्र आफ्नो परिवारलाई समर्पित गरेकी छिन ।

४० वटा क्लबका २०० भन्दा बढी खेलाडी सहभागी भएको यस प्रतियोगितामा सान्सौतर्फ २० र थाउलुतर्फ १८ स्वर्ण पदकको छिनोफानो भएको छ । प्रतियोगितामा ७ वटा स्वर्ण, २ रजत र १ कास्य पदकसहित ड्रागन उसु क्वान टिम च्याम्पियन सफल भएको छ भने ५ स्वर्ण, ५ रजत र १० कास्य पदकसहित काठमाडौं उसु क्वान दोस्रो र ५ स्वर्ण ३ रजत र २ कास्य पदकसहित त्रिकोण उसु क्वान तेस्रो हुन सफल भएको छ ।

प्रतियोगितामा थाउलुतर्फ उत्कृष्ट पुरुष खेलाडीमा त्रिकोण उसु क्वानका मनिस तामाङ्ग छानिए भने ड्रागन उसु क्वानका लाक्पा डोल्मा शेर्पाले उत्कृष्ट महिला खेलाडीको ट्रफि हात पारिन् । त्यस्तै सान्सौतर्फ यिङ्गयाङ्ग उसु क्वानका रेशमा तामाङ्ग उत्कृष्ट महिला खेलाडी चुनिइन भने काठमाडौं उसु क्वानका नवीन माझी उत्कृष्ट पुरुष खेलाडी हुन सफल भएका थिए ।