मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन १७, आइतवार

नेकपा एमालेले पार्टीको लोगोमा परिमार्जन गरेको छ । विधान महाधिवेशनबाट पार्टीले यसअघि प्रयोग गर्दै आएको लागोमा परिमार्जन गरेको हो ।

एमालेको लोगोमा रातो पृष्ठभूमिमा सूर्यभित्र सुनौला रंगको हँसिया हथौडा रहने उपमहासचिव विष्णु पौडेलले जानकारी दिए । यसअघि एमालेको लोगोमा सूर्यभित्र सीपीएन यूएमल बीचमा सानो आकारको हँसिया हथौडा थियो । र यो लोगो नै पार्टीको आधिकारिक हुने पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *