मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन १७, आइतवार

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पञ्चा सिंहलाई अखिल क्रान्तिकारीको अध्यक्ष तोकेका छन्। आइतबार बिहान अध्यक्ष प्रचण्डले युवा नेतृ पञ्चा सिंहलाई अखिल क्रान्तिकारीको अध्यक्ष तोकेका हुन्।

प्रचण्डले अध्यक्ष तोकेसँगै सिंह अखिल क्रान्तिकारीको पहिलो महिला अध्यक्ष बनेकी छन्।

प्रचण्डले उनलाई अध्यक्ष तोकेपछि विद्यार्थी नेताहरुले विरोध जनाएका छन्। शनिबारसम्म चल्ने भएको नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन विवादका कारण लम्बिएको छ।

अखिल क्रान्तिकारीको अध्यक्षमा सुरेन्द्र बस्नेत,पञ्चा सिंह, तिलकराज भण्डारी, दीपक देवकोटा, विजय गौतम, उत्तम अधिकारी, दीपेश पुन दाबेदार थिए। दावेदारलाई पछि पार्दै सिंह अखिल क्रान्तिकारीको अध्यक्ष बनेकी हुन्।

बस्नेत हालका वरिष्ठ उपाध्यक्ष हुन् भने सिंह उपाध्यक्ष । पञ्चा सिंह पार्टीको प्रदेश कमिटी सदस्य हुन् । उनी यसअघिको अधिवेशनबाट अनिल शर्माको प्यानलबाट उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । विद्यार्थी नेताहरुका अनुसार सिंह हालका अर्थमन्त्री जनार्दन शर्मा निकट मानिन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *