
बद्री नाथ झा, जनकपुर । २०७८ आश्विन १६, शनिवार
शिक्षा क्षेत्रमा काम गर्दै आएको काठमाडौँको क्लिक इन्टरनेशनलले देशभरी को मुख्य शहरसगैं जनकपुरमा पनि शैक्षिक सेमिनारको आयोजना गरेको हो।
उच्च शिक्षाका लागि विदेशमा पढ्न विशेष गरि जपान र क्यानाडाको लागि धनुषा साईन्स कलेजका बिधार्थीहरुको लागि उक्त कार्यक्रम आयोजना गरिएको बिजय पाडेंले जनाए ।
पाडेंका अनुसार क्लिक इन्टरनेशनलले अमेरिका, क्यानाडा, अष्ट्रेलिया, नर्वे, जर्मनी, युएई, भारत लगायतका देशहरुमा नेपाली विद्यार्थीहरुलाई पठाउने गरेको बताए ।
प्राय कन्सल्टेन्सीहरुमा कन्सल्टे्न्सी मार्फत नै विद्यार्थीहरुको शैक्षिक शुल्क तिर्नुपर्ने प्रावधानले कन्सल्टेन्सीप्रति अभिभावका साथै विद्यार्थीहरु सशंकित रहेको उनले बताए । तर क्लिक इन्टरनेशनलले विद्यार्थीहरुको “फि” को ग्यारेण्टी गर्नुका साथै देश बाहिरका युनिर्भसीटीहरुसँग कन्ट्रयाक्ट गरेर विद्यार्थी पठाउनाले सुरक्षित रहेको समेत बताए ।