मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन १६, शनिवार

नेकपा एमाले प्रदेश २ को संसदीय दलको नेतामा सत्यनारायण मण्डल चयन भएका छन् ।

पार्टी विभाजनपश्चात पहिलो पटक बसेको बैठकले एमालेको संसदीय दलको नेतामा मण्डल र प्रमुख सचेतकमा किशोरी साहलाई सर्वसम्मत चयन गरेको छ ।

हाल नेकपा एमालेका कुल सांसद आठ जना मात्र छन् । एमाले अहिले प्रदेशसभामा पाँचौँ ठूलो पार्टीका रूपमा रहेको छ ।

विभाजन पश्चात् एमालेका २१ जनामध्ये १३ जना सांसदले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *