
राजन झा, जनकपुर । २०७८ आश्विन १६, शनिवार
प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारको छापा विरुद्धमा जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश समिति र जिल्ला समन्वय समितिले आन्दोलनको घोषणा गरेको छ ।
जसपा मधेस प्रदेश समितिका मुख्य सचिव शम्भू झा र जिल्ला समन्वय समितिको अध्यक्ष पशुपति यादवले विज्ञप्ती जारी गरेर आन्दोलनको घोषणा गरेका हुन् ।
उनले प्रदेश २ का आठै जिल्लाका सदरमुकामहरुमा असोज १६ गते मशाल जुलुस र १७ गते बृहत विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको जनाएका छन् । साथै
आन्दोलनमा सहभागी हुन नेता र कार्यकर्तालाई आह्वान समेत गरिएका छन ।

