मुलुक डेस्क, पर्सा । २०७८ आश्विन १५, शुक्रवार

नेपाली नाका आजदेखि खुल्ला हुने भएको छ । सरकारले भन्सार कार्यालयहरुलाई परिपत्र गरेपछि नाका खुल्ने भएको छ ।

२०७६ साल चैत ११ गतेदेखि नेपाल भारतको सीमा सिल गरिएको थियो ।कोरोना भाइरसको संक्रमण बढेको कारण सिल गरिएको सीमा नाका १८ महिना पश्चात् खुल्न लागेको हो ।

नेपाली पक्षले नाका खुल्ला गरेपनि भारतीय पक्षको निर्णय आइसकेको छैन् ।अर्थ मन्त्रालयले भन्सार कार्यालयहरुलाई परिपत्रगरि भारतीय सवारी साधनको राजस्व काट्न निर्देशनदिएसँगै गौर, बिरगंज लगायतका केहि भन्सार कार्यालयमा शुक्रवारदेखि नै राजस्व काटिने भएको छ । र अन्य केहि भन्सार कार्यालयहरु आइतवारबाट मात्रा खुल्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *