राजन झा, जनकपुर । २०७८ आश्विन १५, शुक्रवार

जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका १ स्थित सोहनीमा सवारी दुर्घटनामा परि जुगेश्वर साहको मृत्युु भएकोे छ ।

सोहनी –१ मा बिहीबार साँझ ज २ त ९२८ नम्बरको ट्याक्टर ले बिपरित दिशा बाट आउदै गरेको ज १२प ८००७ नम्बरको मोटरसाइकल लाई ठक्कर दिदा मोटरसाइकल सबार चालक सोहनी-१ बस्ने ४० वर्षीय जुगेश्वर साह को मृत्यु भएको छ ।

उनको उपचारका लागी जनकपुर प्रादेशिक अस्पतालमा लगिएको थियो ।तर उपचारकै क्रममा साहको मृत्यु भएको खबर प्राप्त भएको हो ।

घटना भए पश्चात् चालक ट्रेक्टर लिएर फरार रहेको लक्ष्मीनिया स्थायी चौकीका प्रहरी सहायक बिजय कान्त झाले बताए ।
शब् पोस्टमार्टम मा पठाई थप अनुसन्धान भैरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *