राजन झा, जनकपुर । २०७८ आश्विन १४, बिहिवार

भ्रष्टाचारको आरोप लागेपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका भ्रातृ संगठन लोकतान्त्रिक समाजवादी विद्यार्थी संघ बाराले कलैयामा प्रदर्शन गरेको हो । ‘मुख्यमन्त्री लालबाबु रात राउत नैतिकताको आधारमा राजीना दे’ भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

विद्यार्थी सङ्घ बाराका अध्यक्ष सन्तोष यादवको अगुवाइमा प्रदर्शन गरिएको छ । प्रदर्शनको क्रममा विद्यार्थीहरूले मुख्यमन्त्रीले राजीनामा दिई अनुसन्धानमा सहयोग गर्नुपर्ने बताएका छन् ।

छात्रालाई वितरण गर्न खरिद गरिएको साइकलमा कमिसन, बेटी बचाउ बेटी पढाऊ अभियानमा कमिसन र प्रदेश सरकारले विकास निर्माणको नाममा समेत कमिसन लिने गरेको आरोप पनि प्रदर्शन गरेका विद्यार्थीहरुले लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *