
राजन झा, जनकपुर । २०७८ आश्विन १३, बुधवार
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । जनकपुरधाम उपमहानगरपालिका–१८ औरहीबाट जनकपुर बजारतर्फ आइरहेको ज ९ प १९८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा मोटरसाईकलमा सवार सबै ३ जनाको ज्यान गएको जिल्ला प्रहरी कर्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिएका छन ।
प्रवक्ता बस्नेतका अनुसार ज्यान जानेमा लाइसेन्स भएका जनकपुरधाम उपमहानगरपालिका ११ का २१ वर्षीय कुनाल कुमार साहको सननखत भएको छ । बाँकी दुइजनाको परिचय खुल्न सकेको छैन । घटनाको विषयमा थप अनुसन्धान गरिरहेको समेत उनले बताए ।