
राजन झा, जनकपुर । २०७८ आश्विन १३, बुधवार
धनुषा जिल्ला लक्ष्मीनियाँ गाउँपालिका ७ स्थित बाबाको ढाबामा भएको प्रदेश कमिटीका सदस्य लगायत केहि केन्द्रिय कमिटी सदस्यहरुको उपस्थिति रहेको सो भेलामा चरम गुटबन्दी र ध्रुवीकरण देखा परेको छ् ।
राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, नेताहरु महेन्द्र यादव, राजकिसोर यादव लगायतको सो बैठकमा सहभागिता थियो ।
पूर्व राजपा लगायत अन्य दलहरुबाट जसपामा समाहित भएका नेता, कार्यकर्ताहरुलाई क्षमता अनुसारको पदमा राखिने सहमति भएको छ । बैठकका एकजना सहभागिका अनुसार असोज १९ गते प्रदेश कमिटी समायोजनको घोषणा अध्यक्ष यादवले गर्ने छन् ।
मंगलवारको केन्द्रिय कमिटी बैठकमा समायोजनको घोषणा हुने कार्यक्रम थियो । प्रदेश कमिटीको बैठक आइतवार बस्नु अगावै मुख्यमन्त्री राउत र अर्थमन्त्री शैलेन्द्रप्रसाद साह लगायतका नेताहरुले योजना बनाएका छन् ।
यद्यपि अध्यक्ष यादव स्वयं बैठकमा प्रमुख अतिथि रहेकाले गुटको बैठकमा सहभागिहरुका अनुसार बैठकको आयोजनाका लागि आर्थिक भार मुख्यमन्त्री राउतले वहन गरेका थिए ।