
मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन १२, मंगलवार
जनतान्त्रिक तराई मुक्ति मोर्चाको नेतृत्वमा जारी राष्ट्रिय नागरिक आन्दोलन तथा राष्ट्र बचाउ अभियानको माध्यमले दसकौं देखिको देशमा ब्याप्त सबैखाले बेथिति, अराजकता, कु-शासनको विरुद्धमा आवाज उठाउदै आएको छ् ।
राज्य आतंक, विभिन्न प्रकारले बढ्दै गरेको उदाङ्गो वैदेशिक हस्तक्षेपका विरुद्ध एवं “राज-संस्था सहितको हिन्दु अधिराज्य पुनःस्थापना” हेतुँ जारी “राष्ट्रवादी आन्दोलन” लाई निर्णायक बनाउन देशव्यापी रुपमा संचालन गरिएको “नागरिक संवाद अभियान” मा आम देशभक्त राष्ट्रवादी जनतन्त्र-प्रेमी नेपाली जनसमुदाय उल्लेख्य रुपमा गोलबन्द हुँदैगएको बताउँछन जनतान्त्रिक तराई मुक्ति मोर्चाको राष्ट्रिय अध्यक्ष डा. मनोज मुक्ति बिबेक ।
नवलपरासी जिल्ला गा.वि.स. माकर -४ बस्ने झपिन्द्र बहादुर खरेलका सुपुत्र क्रान्तिकारी समाजसेवी हिन्दुवादी अभियनता र लामो समय देखि राष्ट्र बचाउ अभियानमा सक्रिय भुमिका निर्वाह गर्दै राष्ट्रिय नागरिक आन्दोलनका योद्धा निर्मल खरेललाई आजदेखि लागुहुने गरि “जनतान्त्रिक तराई मुक्ति मोर्चा” , “राष्ट्रिय नागरिक आन्दोलन” एवं “राष्ट्र बचाउ अभियान” अन्तर्गतको युवा संगठन “जनतान्त्रिक युवा संघ” को नवलपरासी जिल्ला “जनपरिचालन एवं संगठन ब्यवस्थान” को जिम्मेवारीमा मनोनीत गरिएको छ् ।
